Thursday, November 23, 2017

नाकाबन्दीका कारण दैनिक २ अर्ब नोक्सान : उद्योगमन्त्री पाण्डे

प्रकाशित मिति: 2015/12/04

सुवास भट्ट/काठमाडौँ
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक दुई अर्ब नोक्सान भएको बताउनुभएको छ । शुक्रबार बोष्टर मिडियाद्वारा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धराशायी भएको बताउनुभयो । 
‘लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योगहरु नराम्रोसँग प्रभावित भएका छन् ।’ मन्त्री पाण्डेले भन्नुभयो, ‘आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यवहारिक चुनौतीहरु पनि उक्तिकै खट्किएको छ ।’ यद्यपी, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लािग सरकार प्रयासरत् रहेको उहाँको भनाई थियो । भारत तथा आन्दोलनरत् पक्षसँग वातारवण सहज बनाउनका लागि सरकार निरन्तर कुटनीतिक पहल र छलफल भइरहेको मन्त्री पाण्डेले दावी गर्नुभयो । 
कार्यक्रममा बोल्दै मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले हाल ७० प्रतिशत उद्योग बन्द रहेको दावी गर्दै कमिसनका कारण इन्धन आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सम्झौता हुन नसकेको आरोप लगाउनुभयो । थापाले आन्दोलनरत् पक्ष र भारतसँग संक्रमण अन्त्यका लागि ठोस पहल नगरेको भन्दै जनताको आधारभुत आवश्यकताको परिपूर्तिका लागि सरकार चुकेको आरोप लगाउनुभयो । सांसद् गिता राणाले सरकारको गलत नीति र कार्यक्रमका कारण जनताले दुः ख पाएको टिप्पणी गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)का अध्यक्ष दीपक महतले नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले आवश्यक स्वास्थ्य सामग्रीको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताउनुभयो । 

 

तपाईंको बिचार