Thursday, October 19, 2017

नयाँ वर्ष पोखराको ‘सडकमा खाऔँ, सडकमा नाचौँ, सडकमै रमाऔँ’

प्रकाशित मिति: 2015/12/14

सुवास भट्ट/काठमाडौँ
‘सडकमा खाऔँ, सडकमा नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ रेष्टुराँ एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले आगामी पुस १३ गतेदेखि सत्रौँ ‘पोखरा सडक महोत्सव’ आयोजना गर्ने भएको छ । 
‘पर्यटकीय नगरी पोखरालाई क्रिस्मस र न्यू इयरमय बनाउनु महोत्सवको उद्देश्य हो ।’ रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले भन्नुभयो, ‘महोत्सवले पोखराको पर्यटन प्रवद्र्वनका लागि ठूलो सहयोग मिल्ने हाम्रो अपेक्षा छ ।’
महोत्सव अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्याहमा २८ डीसेम्बरदेखि जनवरी १ सम्म चल्ने रेवानले जनाएको छ । पर्यटकीय स्थल लेकसाइडसमेतलाई समेटेर सहिद चोकदेखि खहरे–डिहिको पाटनसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिने अध्यक्ष भट्टराईले गन्तव्य नेपाल न्यूजलाई जानकारी दिनुभयो ।  
महोत्सवमा खासगरी सांस्कृतिक प्रस्तुती र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको रेवानले जनाएको छ । ‘महोत्सवमा स्थानिय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न इभेन्टहरु सञ्चालन गरिने कार्यक्रम तय भएको छ ।’ संस्थाले जनाएको छ । ति ईभेन्टहरु अन्तर्गत विभिन्न प्रकारका हास्य प्रतियोगिता, दौड प्रतियोगिता, सांस्कृतिक प्रस्तुतीहरु रहेका छन् । ‘महोत्सवमा सहभागीताका लागि चीन र  कोरियाका सांस्कृतिक टोली आउने लगभग पक्का भएको छ ।’ भट्टराईले भन्नुभयो, ‘अन्य मुलुकका कलाकार टोली ल्याउने सम्बन्धमा प्रयास भैरहेको छ ।’ महोत्सवमा राष्ट्रिय कलाकार टोलीले पनि प्रस्तुती दिनेछन् । 
विदेशी पर्यटकलाई लक्षित गरी महोत्सवमा थाई, चिनियाँ, भारतीयलगायत विदेशी खानाको साथमा नेपाली स्वादका  खाद्य परिकार राखिने तयारी भएको संस्थाले बताएको छ । त्यस्तै ह्यान्डिक्राफ्टका लागि नि ःशूल्क स्टल उपलब्ध गराईनेछ । यसले पोखरा तथा वरपरका व्यवसायीहरुलाई निकै फाईदा पुग्ने संस्थाको ठहर छ । 
महोत्सव मध्यान्ध १२ बजेदेखि बेलुकी ११ बजेसम्म चल्नेछ । न्यू इअर इभमा भने बिहान २ बजेसम्म चल्ने बताईएको छ । निश्चित इभेन्टमा बाहेक महोत्सवमा प्रवेश नि ःशूल्क गरिएको छ । 
झण्डै चार लाख मानिसले महोत्सव अवलोकन गर्ने अपेक्षा संस्थाले गरेको छ । करिब ७० लाख खर्च हुने अनुमान गरेको संस्थाले ९० लाखको हाराहारीमा आम्दानी पु¥याउने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त आम्दानी पोखराको पर्यटन प्रवद्र्वनका साथै मानविय र सामाजिक काममा खर्चिने भट्टराईले बताउनुभयो । 
आपूर्ति व्यवस्थामा सुधार आए महोत्सव सञ्चालन गर्न थप सहज हुने भन्दै भट्टराईले भन्नुभयो, ‘नाकाबन्दी खुले र इन्धन आपूर्ति सहज भए महोत्सव थप आकर्षक हुने थियो ।’ 
महोत्सवको मूख्य प्रवद्र्वक नेपाल पर्यटन बोर्ड रहेको छ भने गोर्खा ब्रुअरी, हिमालयन डिस्टीलरी, बोर्टलर्स नेपाल, पोखरा उपमहानगरपालिकालगायत विभिन्न पर्यटकीय तथा व्यवसायीक संघसंस्थाहरु महोत्सवका सहयोगी रहेका छन् । 

 

तपाईंको बिचार