Saturday, December 16, 2017

चीनले नेपाललाई २० वटा अत्याधुनिक विद्युतीय बस अनुदान दियो

प्रकाशित मिति: 2015/12/15

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
चीन सरकारले नेपाललाई २० वटा विद्युतीय बस अनुदान दिने भएको छ । अत्याधुनिक सुविधासहितका ती ठूला बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।
चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भएको छ । सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ ।
महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।
महानगरपालिकाले अनुदानमा प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने जनाएको छ । साझालाई सार्वजनिक यातायात सञ्चतालनको अनुभव भएकाले उसैसँग समन्वय गरेर इलेक्ट्रिक बसहरु चल्ने महानगरपालिकाले बताएको छ । विद्युतीय सवारीलाई परीक्षणका रुपमा यी बसहरु सञ्चालनमा ल्याईनेछ । 

 

तपाईंको बिचार