Saturday, December 16, 2017

नाकाबन्दी सहज भएसँगै नेपालगञ्जमा राजस्व संकलनमा वृद्वि

प्रकाशित मिति: 2015/12/17

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नाका सहज हुँदै जाँदा नेपालगन्ज भन्सार कार्यालयको राजस्ब संकलन वृद्वि हुन थालेको छ । आन्दोलन मत्थर हुन थालेसँगै आयातमा वढोत्तरी आएपछि मंसिर २४ गते पछि दैनिक करिब २ करोड भन्दा बढी राजस्ब संकलन भई रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । 
नाका सहज बन्दै गएका कारण मंसिर महिनामा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ७ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
मंसिर महिनामा ३२ करोड ६५ लाख राजश्व संकलन गर्ने लक्ष्य रहेपनि ३४ करोड ८८ लाख राजस्ब संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सामान्य अबस्थामा  नेपालगन्ज भन्सार कार्यालयले दैनिक करिब एक करोडको हाराहारीमा राजश्व संकलन गर्ने भए पनि बन्द र हडतालका कारण साउन र भदौ महिनाको भन्सार राजश्व करिब ४० प्रतिशतसम्म घटेको थियो ।
नाकाबन्दी हटे पछि  खाद्यान्न तथा पेट्रोलियम पदार्थ, सिमेन्ट, कपडा र मोटर पार्ट्सका सामानहरु बोकेका करिब १ सय मालबाहक ट्रक नेपाल भित्रन थालेका छन् । 

 

तपाईंको बिचार