Thursday, October 19, 2017

इन्धन सम्झौताका लागि उच्चस्तरीय टोली चीन जाने

प्रकाशित मिति: 2015/12/17

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ ।
चीनसँग इन्धनलगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जान लागेको हो । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको बताईएको छ । 
टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् ।

 

तपाईंको बिचार