Saturday, December 16, 2017

मौज्दान सकिन लाग्दा चिनीको थोक विक्री बन्द हुने अवस्थामा

प्रकाशित मिति: 2016/01/17

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा चिनीको मौज्दात सकिँदै गएपछि थोक विक्री बन्द गर्नुपरेको छ । कर्पोरेशन लिमिटेडले भारतबाट चिनी किन्न गरेको प्रस्ताव एक वर्षदेखि अर्थ मन्त्रालयमा थन्किएको पनि यस्तो अवस्था बनेको हो । 
अत्यावश्यक अवस्थामा प्रयोग गर्न र मूल्य नियन्त्रणका लागि भन्दै साल्ट ट्रेडिङले २० हजार टन चिनी किन्न वाणिज्य मन्त्रालयमा प्रस्ताव गरेको थियो । वाणिज्यले अघिल्लो वर्ष नै साल्ट ट्रेडिङको प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाएको थियो । तर, अर्थ मन्त्रालयले अझै चिनी किन्न स्वीकृति नदिएको साल्ट ट्रेडिङले जनाएको छ । 
साल्ट ट्रेडिङसँग अहिले ६ हजार टन मात्रै चिनी मौज्दात छ । थोक बिक्री सुरु गरेमा यो चिनी केही दिनमै सकिन्छ । 
मौज्दात अन्तिम अवस्थामा पुगेकाले साल्ट ट्रेडिङले थोक विक्रेतालाई चिनी बेच्न बन्द गरेको छ । बजारमा साल्ट ट्रेडिङको चिनी आउन छाडेपछि चिनीको मूल्य निकै महंगिएको छ । अहिले बजारमा चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँमा पुगेको छ । साल्ट ट्रेडिङले खुद्रामा चिनी किलोको ६० रुपैयाँमा नै बेचिरहेको छ ।
साल्ट ट्रेडिङले नेपालमा नै किन्न सकिए पनि मूल्य धेरै पर्ने भएकाले समस्या भएको बताएको छ । 
अर्थ मन्त्रालयले अघिल्ला वर्षहरुमा नेपालमा चिनी किन्दा भएको घाटा पूर्तिका लागि ५ करोड रुपैयाँ अझै साल्ट ट्रेडिङलाई दिएको छैन । खरिदका बेला नेपाली चिनी उद्योगीहरुले मिलेमतोमा बढी मूल्य राखेर टेन्डर पार्ने गरेको साल्ट ट्रेडिङको आरोप छ 

 

तपाईंको बिचार