Sunday, April 23, 2017  |    

इन्धनको मूल्य किन घटिरहेको छ अन्तर्राष्ट्रिय बजारमा

प्रकाशित मिति: 2016/01/22

माघ ८, शुक्रबार । विश्व बजारमा इन्धन मूल्य १२ वर्षकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा न्यून मूल्य ९प्रतिब्यारेल २७ दशमलव ६७ डलर० पुगेको हो । यो मूल्य सन् २०१३ मा भएको प्रतिब्यारेल २८ डलरभन्दा पनि न्यून हो ।

इन्धन मूल्य घट्नु प्रयोगकर्ता देशका लागि सुखद पक्ष देखिएको छ । तर, तेल उत्पादक देशको आर्थिक अवस्था भने नाजुक अवस्थामा पुग्ने विज्ञहरुको विश्लेषण छ । विश्लेषकहरुले इन्धनको मूल्य अझै झरेर १० डलरसम्म झर्ने प्रक्षेपण गरेका छन् । मोर्गन स्ट्यान्लीले चीनले आफ्नो मुद्रा घटाएमा तेल मूल्य २० डलरसम्म झर्न सक्ने जनाएको हो ।

विश्व बजारमै सबै वस्तुको मूल्य बढिरहेका बेला तेलको मूल्य यसरी अप्रत्यासित घट्नुको कारण के होला रु धेरैले धेरै थरीको विश्लेषण गरेका छन् । कसैले अमेरिकाले रुसलाई फेरि डुबाउने खेलअन्तर्गत यसो भएको दाबी गरेका छन् । बिबिसीले भने चीन र युरोपमा देखिएको आर्थिक मन्दीका कारण तेल मूल्य यसरी न्यून विन्दुमा पुगेको जनाएको छ ।

तपाईंको बिचार