Tuesday, August 22, 2017

मह जोडिलाई सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा निरन्तरता

प्रकाशित मिति: 2016/01/28

सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यलाई पुन ब्राण्ड प्रवर्धक दिने सम्झौता गरेको छ । विगत चारबर्ष देखि सानिमा बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्घ रहेका मह जोडिलाई बैंकले थप दुई बर्षको लागी निरन्तरता दिने भएको छ ।

मह जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी सम्झौता पत्र हस्ताक्षर भएको हो । सम्झौता पत्र हस्ताक्षर समारोहमा मह जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए ।

 

 

तपाईंको बिचार