Wednesday, August 23, 2017

इजरायल जानको नाम छनोट

प्रकाशित मिति: 2016/01/29

काठमाडौं । इजरायलमा पठाउन १ सय जनाको नाम छनोट भएको हो। १ सय ३९ जनाले आवेदन दिएकोमा चिठ्ठा विधिबाट १ सय जनाको नाम छनौट भएको छ।  मंगलवार छनौट भएकाहरुले भाषा परीक्षा दिनुपर्ने छ। भाषा परीक्षाबाट पास भएका ६० जनाले इजरायलमा कियर गिभरको रुपमा काम गर्न जान पाउने भएको हुन्। मनमोन मेमोरियल कलेज सोह्रखुट्टेमा दिउँसो १ बजे परीक्षा तोकिएको छ।  
 
सरकारले व्यवस्थित रुपमा इजरायल पठाउनका लागि तय गरेको कार्यविधिअनुरुप उनीहरु इजरायल जान पाउने भएका हुन्। ५ वर्षदेखि इजरायलमा नेपाली कामदारलाई पठाउन प्रतिबन्ध लगाइएको थियो। दुवै देशका सरकारबीच सम्झौता भई इजरायलका लागि रोजगार खुला गरिएको हो। अहिले जाने यी कामदारले शुल्क तिर्नु पर्ने छैन।
 
छनौटमा परेकाहरुको नामावली


 

तपाईंको बिचार