Wednesday, March 29, 2017  |    

जिल्लामा ९२ करोडको अलैँंची उत्पादन

प्रकाशित मिति: 2016/02/02

अलैँंची निकासीबाट यसवर्ष ९२ करोड २८ लाख रुपैयाँ भित्रिएको छ । जिल्लामा उत्पादितमा अलैंचीबाट उक्त रकम भित्रीएको हो ।
 
उत्पादन भएको चौध हजार मन अलैँचीमध्ये तेह्र हजार १८३ मन जिल्ला बाहिर निकासी भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेका अनुसार छ दशमलव पाँच प्रतिशत अलैँची जिल्लामै खपत भएको छ । यो वर्ष फेदी र सुङ्देलमा मात्रै ७०० मन अलैँची उत्पादन भएको छ भने छ करोड १८ लाख रुपैयाँ भित्रिएको छ ।
 
बाँझेच्यानडाँडामा यसवर्ष १४० मन अलैंँची उत्पादन भएको स्थानीय सङ्ग्राम राईले बताए । अलैँंची बिक्री गरेर ९५ लाख रुपैयाँ आम्दानी भएको छ । जिल्लाका विभिन्न गाविसमा अलैँची बिक्री गरी कृषकले मनग्य आम्दानी गरेका छन् । अलैँंची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष वीरबहादुर तामाङले बिचौलियाले कृषकको घरैमा अलैँची किनेर लगेको बताए ।
 
जिल्लाको सुङ्देल, फेदी, खार्तम्छा, बाक्सिला, बास्पानी, खार्मी, पाथेका जालपा, हौचुर, कुभिण्डे, नुनथला, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा, बाँझेच्यानडाँडा, चिसापानी, बोपुङ, सावाकटहरे, चिसापानी, मौवाबोटे लगायत ३४ गाविसको एक हजार ३२० हेक्टरमध्ये ९४० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ । गतवर्ष १३ हजार ५०० मन अलैँची उत्पादन भई ८० करोड रुपैयाँ जिल्ला भित्रिएको थियो ।

तपाईंको बिचार