Tuesday, August 22, 2017

अब सीमामै व्यापारिक हब बन्ने

प्रकाशित मिति: 2016/02/10

माघ २७, काठमाडौं । नेपाली व्यपारीलाई सीमामै तिब्बत सरकारले चीनबाट  आयात हुने सामानको सीमामा नै आर्थिक हब बनाउने तयारी गरेको छ ।  चीनको गोन्जाओ र अन्य सहरबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीले तिब्बतबाटै सो सुविधा उपलब्ध गराउनु भएको हो ।

तिब्बतका सरकार प्रमुख लोसाङ ज्यानछुङले नेपाल सरकारलाई अवगत गराएका छन् । सन् २०१४ मा नेपाल भ्रमणसमेत गरेका उनले नेपालसँगको व्यापार विस्तारमा तिब्बतले प्राथमिकताका साथ लागिपरेको बताउँदै सहकार्यका लागि जोड गरेका हुन् ।

सीमाबाटै सबै सेवा उपलब्ध गराउने गरी काम अघि बढाउने तयारीमा तिब्बत सरकार लागिपरेको जानकारी दिँदै उनले नेपाललाई भनेका छन्, ‘आर्थिक सहकार्य क्षेत्र (इकोनोमिक कोअपरेसन जोन) र सीमापार आर्थिक क्षेत्र (क्रसबोर्डर इकोनोमिक जोन) को बनाउने तयारी तिब्बत सरकारले गरिरहेको छ ।’ तिब्बत सरकारले नेपाली बजार र नेपाल भएर भारतसमेत सामान लैजानेहरूका लागि त्यो सुविधा उपलब्ध गराउने गरी प्रस्ताव राखेका हुन् ।

ठूलाठूला कम्पनीको समेत सम्पर्क कार्यालय र सोरुम त्यस क्षेत्रमा स्थापना गरेर सबै प्रकारको व्यापारिक सेवा उपलब्ध गराउने गरी खासा र केरुङमा तत्काल व्यापारिक हब विकास गर्न लागेको हो । केरुङसम्म आगामी तीन वर्षमा रेल सेवा नै ल्याउन जुटेको तिब्बत सरकारले खासालाई पनि नयाँ ढंगले विस्तार गर्न लागेको छ । गोन्जाओको जस्तै ठूलो बजारको व्यवस्थापन गर्ने नयाँ योजना ल्याएको जानकारी नेपाल सरकारलाई गराएको छ ।

 

तपाईंको बिचार