Wednesday, August 23, 2017

कर नतिर्नेको सुचिमा तारे होटल

प्रकाशित मिति: 2016/02/15

काठमाडौं । पछिल्लो समय करदाताको संख्यामा बृद्धि भएको तथ्याङक् देखिए पनि राजधानीका केही ठुला होटलहरुले कर तिरेका छैनन् । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केही होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन् ।

काठमाडौ महानगरपालीका राजस्व विभागका अनुसार ह्यायात, एभरेष्ट, र्‍याडिसन, शङ्कर, सांग्रीला, मल्ल, र याक एण्ड यतिल होटलले व्यावसायिक कर तिरे पनि सवारी र घरजग्गा कर तिरेका छैनन् ।  काठमाडौ महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमका कर तिरिसकेको छ  भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै तिरेको छ ।

नियम अनुसार ठूला होटलले वार्षिक करिब रु.१० लाखदेखि रु.१२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । सामान्यतया मापदण्ड अनुरुपका होटलमा पार्किङको सुविधा, पौडी पोखरी, पाहुना बस्ने स्थान, बगैँचालगायतको सुविधा आवश्यक पर्छ ।

समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नविकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने प्रावधान रहेको छ । समयभित्रै कर नतिरेको खण्डमा बर्सेनि १० प्रतिशतको दरले जरिवानासमेत तिर्नुपर्ने प्रावधान रहेको छ ।

राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्ने बुझेर पनि नबुझे झै गरेर कर छल्ने गरेको देखिन्छ ।

 

तपाईंको बिचार