Friday, April 28, 2017  |    

लेखनाथ महोत्सवमा धेरै प्रकारका जनावर अलोकन गर्न पाईने

प्रकाशित मिति: 2016/02/19

पोखरा । बुधबारदेखि  कास्कीकोे लेखनाथ नगरपालीकामा आन्तरीक पर्यटनलाई बढवा गर्ने उद्देश्यका साथ लेखनाथ महोत्सव सुरुभएको छ । महोत्सवमा दर्शकको संख्या वृद्धि गर्नेे लक्ष्यका साथ हिमाली भूभागमा पाइने चौँरीगाईदेखि मरुभूमिमा पाइने ऊँट र विश्वकै सबैभन्दा ठूलो चरा अस्ट्रिचलगायतका जनावर एकैसाथ अवलोकन गर्ने व्यवस्था मिलाइएको लेखनाथ उद्योग वाणीज्य संघले जनाएको छ ।

लेखनाथ उद्योग वाणीज्य संघका अनुसार महोत्सवस्थलभित्र चिडियाघर निर्माण गरि दर्शकलाई एकै ठाउँबाट हिमाली क्षेत्रमा पाइने चौँरीगाई (याक) र मरुभूमिमा पाइने ऊँट एकै ठाउँमा देखाइएको छ । दर्शकलाई एकै ठाउँबाट सबै प्रकारका जनावरको बारेमा जानकारी दिने उद्देश्यले विभिन्न जातका जनावरहरु पनि राखिएका छन् ।

महोत्सवमा पृथ्वीबाटै लोप भइसकेको जनावर डाइनोसरको  प्रतिक बनाएर विद्युतीय प्रणालीबाट चलायमान बनाइएको छ भने बच्चाका लागि फोटो खिचाउन साढे छ फिट अग्लो कुखुराको भालेको प्रतिक पनि राखिएको छ ।

महोत्सवको दोस्रो दिन बिहीबार दर्शकको राम्रै उपस्थिति भए पनि पोखरा बस व्यवसायी समितिको यातायात बन्दका कारण त्यसको केही प्रभाव परेको आयोजक लेखनाथ उद्योग वाणीज्य संघले बताएको छ ।

 

तपाईंको बिचार