Tuesday, May 23, 2017  |    

ग्यास छ सिलीन्डर छैन

प्रकाशित मिति: 2016/02/21


 काठमाडौ नाकाबन्दी खुलेसंगै ग्यास उद्योगमा ग्यास आएपनि उपभोत्ताको घरमा ग्यास सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले ग्यास विवतरण गर्न सकेका छैनन् । आधा भरीएका ग्यास वितरण गरेका कारण सिलिन्डर बजारमै होल्ड भएपछि उद्योगमा रहेको ग्यास बजार पठाउन कठिनाइ भएको हो ।
भारतको अघोषित नाकाबन्दीपछि आधा सिलिण्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडकेका हुन् ।
९ लाख सिलीन्डर हाल बजारमै रहेकाले थप ग्यास बजार लैजान समस्या परेको उद्योगीहरुले बताएका छन् । उनीहरुका अनुसार बुलेटमा भएको ग्यास ग्राहकसमक्ष पु¥याउन सकिएको छैन । अहीले धादिङका १३ ओटा ग्यास उद्योगमा ५२ ओटा ग्यास बुलेट सिलीन्डर अभावका कारण  थन्कीएर रहेका छन् ।

 

तपाईंको बिचार