Sunday, March 26, 2017  |    

नेपालमा पहिलोपटक अष्ट्रेलियन बुटीक वाइन

प्रकाशित मिति: 2016/03/11

काठमाडौ । वाइनका पारखिहरुले अव नपाली बजारमै विश्व स्तरिय बुटीक वाइन पाउने भएका छन् । अष्ट्रेलियन बजारको गुणस्तरीय वाइन म्याकलर्न भेल नेपाली बजारमा भित्रिएको छ । दक्षिणी अष्ट्रेलियाको वाइन बजारमा चर्चित सिराज ब्राण्डको म्याकलर्न भेललाई एएनजेड लिक्वेर्स एण्ड ट्रेडिङ प्रा.लि.ले नेपालका वाइन पारखिकालागि नेपाल भित्र्याएको हो ।

नेपालमा पहिलो पटक भित्रिएको उक्त वाइन तीन क्याटेगोरीमा भएको कम्पनीका प्रवन्धक गगनराज न्यौपानेले बताए ।
‘नेपालमा पहिलो पटक भित्र्याएको यो वाइन तीन क्याटेगोरीमा उपलब्ध छ । हामी क्वान्टीटी भन्दा क्वालीटीमा विश्वास गर्छौ,’ उनले भने,‘ अहिलेसम्म रेड वाइन मात्र नेपाल भित्रिएकोमा यो वाइन सबैभन्दा राम्रो र गुणस्तरीय बुटिक वाइन भएकोले उत्कृष्ट छ साथै यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनले दावि गरे ।

मंगलबार नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन लगाएतका उच्च पदस्थ  अधिकारीहरुको  उपस्थितिमा एक समारोह गरि यो वाइनलाई नेपाली बजारमा बिक्री बितरण सुरु गरिएको हो ।

अष्ट्रेलियन वाइन नेपाली बजारमा भित्र्याएकोमा एनआरएनका अध्यक्ष शेष घलेले बधाई र शुभकामना दिएका छन् । भने नेपाली बजारमा यसको मूल्य १२ सय, १६ सय र दुई हजार रुपैयाँ तोकिएको छ ।

 

तपाईंको बिचार