Sunday, April 23, 2017  |    

विपत्को फाइदा उठाउँदै निर्माण सामग्रीमा चर्काे मूल्य असुली

प्रकाशित मिति: 2015/06/12

कालीमाटी तथा टेकुका हार्डवेयर तथा त्रिपाल व्यवसायीले घरटहरा निर्माणमा प्रयोग हुने अत्यावश्यकीय औजार तथा त्रिपालमा चर्काे मूल्य असुली गरेको पाइएको छ । बजार अनुगमनको जिम्मेवारी पाएको निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार गरेका अनुगमनमा यस्तो पाइएको हो । विभागका उप–महानिर्देशक कमल प्रसाद भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले गौतम ओभरसिज टेकुमा गरेको अनुगमनका क्रममा घरटहरा निर्माणमा अत्यावश्यकीय औजारहरु करौँती, हथौडाको खुद्रा मूल्य प्रति इन्च छ रुपैयाँ पर्ने सामान (१४)को दुई सय ७५ रुपैयाँ असुल गरेको पाइएको छ ।त्यस्तै पसल सञ्चालकले खरिद बिल देखाउन नसकेको, वाणिज्य फर्म नवीकरण नगरेको, दर्ता गर्दा उल्लेख गरेको पुँजी अत्यन्त न्यून देखिएको जस्ता कैफियत भेटिएको भन्दै विभागले सक्कल वाणिज्य फर्म, खरिद बिलसहित तीन दिनभित्र विभागमा उपस्थिति हुन सञ्चालकलाई निर्देशन दिएको छ । विभागले महाशक्ति मेसिनरी एण्ड ह्याण्ड टुल्समा गरेको अनुगमनमा निर्माण औजारको मूल्य तोकिएभन्दा बढी लिएको जनाएको छ । उक्त पसलका सञ्चालकलाई खरिद बिलसहित सात दिनभित्र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ । 


त्यस्तै विभागले गोविन्द गोपाल सप्लायर्स कालीमाटी, सोल्टीमोडमा अनुगमन गरी मध्यमखालको र कमसलखालको त्रिपाल तीन सय ३० प्रतिकिलोका दरले खरिद गर्ने गरेको छ । जसको आधारमा १५ह१८ आकारको त्रिपालको तौल ३.७५० किलोग्राम रहेको र सो आधारमा व्यवसायीले उपलब्ध गराएको बिक्री मूल्य दररेटबीच सामञ्जस्य नदेखिएको विभागले जनाएको छ । त्यस्तै व्यवसायीले वास्तविक बिलभन्दा बढी रकममा त्रिपाल बिक्री गरेको र बढी मूल्य नतिरेमा सामान पाउन नसक्ने अवस्था रहेको विभागले जनाएको छ ।  विभागले सञ्चालकलाई भूकम्पपश्चात् खरिद र बिक्री गरेका त्रिपालको बिलसहित तीन दिनभित्र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । विभागले उक्त पसलबाट मूल्य विश्लेषण एवं स्रोत विश्लेषणको लागि एक थान खरिद बिल समेत जफत गरेको जनाएको छ ।

तपाईंको बिचार