Sunday, April 23, 2017  |    

उद्धार कोषमा नबिलको दुई करोड सहयोग

प्रकाशित मिति: 2015/06/12

जेठ २८, काठमाडौँ । भूकम्पपीडितको सहयोगार्थ नबिल बैङ्क लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विहीबार रू. दुई करोड एक लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौडेलले दिएको सो रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि निरन्तर लागि पर्दै आएको बताए । 

बैङ्कका अध्यक्ष पौडेलले प्रधानमन्त्रीको नेतृत्वमा नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउने र विकास निर्माणले गति लिने विश्वास रहेको बताए ।  रासस

तपाईंको बिचार