Monday, May 29, 2017  |    

ठमेल मम हटमा पर्यटकहरुको घुँइचो

प्रकाशित मिति: 2016/03/29

काठमाण्डौको ठमेलमा सञ्चालित ठमेल मम हटमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको आर्कशण बढ्दै गएको छ ।

सन २०१३ बाट ठमेलको नर्सिङहोम चोकमा सञ्चालित उक्त मम हटले ममको परिकारलाई अझ परिष्कृत रुपमा ग्राहकसामु पु¥याउने उदेश्यका साथ ममका बिभिन्न १६ वटा परिकार ग्राहकसामु प्रश्तुत गर्दै आएको छ ।
यसका साथै बिभिन्न प्रकारका चिकेन सेजलर, फ्राईराइस र ग्राहकको रुचीअनुसार अन्य बिभिन्न खाजाका सेट समेत उपलब्ध हुने उक्त हटमा मुख्यतः ममका सबै किसिमका परिकार उपलब्ध रहेको छ ।
ओपन किचन अवधारणामा सञ्चालित उक्त हटमा पुग्ने जोकोहीले यसका शान्त पारिवारिक बातावरणका साथै सरल आथित्यताको अनुभव गर्ने सक्ने स्थिीती नै उक्त मम हटको बिशेशता बनेको छ ।
होटल ब्यावसायका क्षेत्रमा नौलो अवधारणाका साथ सञ्चालित हुनु उक्त हटको अर्को बिशेषता हो । अन्तर्राष्ट्रिय स्तरमा यसअघि ख्याति प्राप्त पिजा हट, केएफसि लगायतका कम्पनीहरुको अवधारणाको सिको गर्दै अगाडि बढीरहेको यस हटले आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ग्राहकको रुचीअनुसार शाखा बिस्तार गर्ने योजना रहेको सञ्चालक मध्येका एक मोहन लम्सालले बताउनुभयो ।
यस अतिरिक्त ठमेल आउने बिदेशी पर्यटकहरुको पहिलो रोजाई नेपाली स्वादको परिकार हुने गरेकोमा अन्तर्राष्ट्रिय रुपमा परिचित ममको परिकारलाई बिभिन्न नेपाली स्वादमा ग्राहकसामु पु¥याउनका लागि नै ठमेल मम  हटको अवधारणा ल्याइएको अर्का सञ्चालक राजन सिंखडाले बताउनुभयो ।
 

 

तपाईंको बिचार