Friday, April 28, 2017  |    

आजको विदेशी मुद्राको सटही दर

प्रकाशित मिति: 2016/04/07

चैत्र २५, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २० पैसा र विक्रिदर २९ रुपैयाँ ३७ पैसा छ भने युएई दिराम एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र विक्रिदर २७ रुपैयाँ ३० पैसा तोकेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ २९ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ०३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुको बिनिमय दर भने फरक पर्न सक्नेछ ।

 

तपाईंको बिचार