Monday, May 29, 2017  |    

एसएलसी परिक्षामा सामेल भएका विद्यार्थीलाई विशेष छुटमा सिमकार्ड

प्रकाशित मिति: 2016/04/10

चैत २८, काठमाण्डौ । नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी सहुलियत दरमा सिमकार्ड बजारमा ल्याएको छ । 
टेलिकमले सोमबारदेखि एसएलसी अफर अन्तर्गत डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको हो । ९० रुपैयाँमा बिक्री गरिने यो सिमकार्डमा ५० रुपैयाँ बराबरको टक टाइम र तीन सय एमबीको डाटा निःशूल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यस्तै यो सिम एक्टिभ भएको ६ महिनासम्म प्रत्येक महिना ५० एमबीका दरले निःशुल्क डाटा प्रयोग गर्न पाइने छ । युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
यो योजना अन्तर्गत सिमकार्ड किन्नका लागि विद्यार्थीले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, विद्यार्थी स्वयं वा उनका अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो योजना २०७३ असार मसान्तसम्म कायम रहने टेलिकमले जनाएको छ ।

 

तपाईंको बिचार