Wednesday, August 23, 2017

चीनमै रोकिए ४ ओटा नेपाली विमान

प्रकाशित मिति: 2016/04/24
 फाइल फोटो
फाइल फोटो

वैशाख १२,काठमाडौं ।  नेपाल पठाउन तयार ४ वटा विमान चीनको कारखानामै रोकिएका छन् ।विमानका लागि नेपाल सरकारले आधा भन्दा बढी रकम तिरिसकेको छ । तर, समयमै नेपालले नलिंदा विमान कारखानामै अलपत्र परेका हुन । नेपाल वायु सेवा निगम लेखिएका, राष्टिय ध्वजाबाहक विमान ४ महिनादेखि वेवारिसे बनेका हुन् । डिसेम्बरमा नेपाली प्रतिधिनिमण्डल आई परीक्षण उडान समेत गरेका थिए ।

दुई देशका सरकारबीच भएको जहाज खरिद सम्झौता अनुसार चीनिया पक्षले ५५ सिटे एमए ६० र १३ सिटे वाई १२ जहाज तयार गरेको हो । चीनिया जहाज कम्पनी एभिक इन्टरनेशनमार्फत जहाज खरिद गर्ने सम्झौता सन् २०१४ मा दुई देशबीच भएको थियो ।
 
‘जहाज तयार छन् । नेपाल सरकारले लैजाने दिन पर्खेर बसेका छौं,’ एभिक हार्विन कम्पनीका उप निर्देशक सिन चांग कींगले भने । नेपाललाई एमए ६० र वाई १२ जहाज एक, एक वटा निशुल्क उपलब्ध गराउने, बांकी जहाज सुलभ ब्याजदरमा किन्ने सम्झौता भएको थियो । सोही अनुसार अनुसार अनुदानमा पाउने २ जहाज भने चीनले नेपालमा पठाई उडान सुरु गरिसकेका छन् ।

जहाजका लागि ३ करोड ५१ लाख अमेरिकी डलर लाग्नेमा ६० प्रतिशत रकम कम्पनीलाई उपलब्ध भइसकेको छ ।पहिलो किस्ता बापत २ करोड ११ लाख रुपैया अमेरिकी डलर नेपाल सरकारले बुझाइसकेपनि जहाज भने चीनमै थन्किएका छन् ।   उपनिर्देशक किंगले परीक्षण उडान सकिएपछि नेपाली पक्षले अब जहाज लैजान ढिलाई गर्न नहुने सुझाव समेत दिए ।गत जनवरीमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वको टोली पुन चीन आई जहाजको अवस्थाबारे अध्ययन गरी सकरात्मक प्रतिवेदन सरकारलाई बुझाएका थिए ।
 

 

तपाईंको बिचार