Tuesday, November 21, 2017

अमेरिकामा नेपाली सामाग्री प्रर्दशनी

प्रकाशित मिति: 2016/04/24


वैशाख १२, काठमाडौं । अमेरिकाको न्यूरोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म  तीन दिने बृहत्त नेपाल एक्जिबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो हुँदै छ । यो प्रदर्शनीलाई विश्व बजारमा नेपालीहरुले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रदर्शनीका रुपमा लिइएको छ । अहिलेसम्म नेपालीहरुले निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी नगरेको आयोजकको दावी छ  ।
     नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गराउन तथा व्यापार सन्जाल स्थापित गर्ने उदेश्यले यस किसिमको प्रर्दशनी गर्न लागिएको एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।  एलएलसी अमेरिकाको मेरील्याण्ड राज्यमा दर्ता भएको नेपालीहरुको संस्था कन्सल्ट्याण्ट कम्पनी हो । अमेरिकालगायत विश्वका विभिन्न देशका खरिदकर्तालाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ सन्जाल सञ्चालन गर्न मद्धत गर्ने यो प्रदर्शनीमा नेपालको साना, घरेलु र मझौला उद्योगी सहभागी हुने भएका छन् । प्रर्दशनीमा कृषि उत्पानहरु, बाँस, निगालो, कागजबाट बनेका सामान, प्लाष्टिक तथा माटोबाट बनेका सामान हस्तकला, चित्रकला, पस्मिना, गार्मेण्ट, टुरिज्म एण्ड ट्राभल एजेन्सीहरु, ट्रेकिङ, हाईकिङ तथा जोखिमपूर्ण काम गर्ने पर्यटन उद्योगीहरुले आफ्ना उत्पादन, बस्तु तथा सेवाहरु राख्न सक्ने, विशेष गरी ईलामको चिया, गुल्मीको कफी, डोल्पाको यार्सा गुम्वा, जुम्लाको स्याउ, पाल्पाको ढाका, करुवा उत्पादनलाई प्राथमिकता दिइएको छ ।

प्रदर्शनीमा स्टल राख्न चाहनेहरुका लागि दर्ता खुला गरिएको छ । मेलामा स्टल राख्न दुईजनालाई आउने जाने दुईतर्फी टिकट, बुथभित्र चाहिने सामान र न्यूयोर्क पाँच दिन बस्न, होटलको व्यवस्थाका लागि सात हजार चार सय ९९ डलर तिर्नुपर्ने छ । आफै सबै कुरा म्यानेज गर्नेका लागि भने बुथको मात्र ४ हजार ९ सय ९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुले सहभागीता जनाउने आयोजकले अपेक्षा गरेको छ । जसमा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिरका उद्योगी व्यवसायीहरु सहभागी हुने अनुमान गरिएको छ ।प्रर्दशनीलाई प्रबद्र्धन गर्न उद्योगवाणिज्य महासंघ, घरेलु उद्योग महासंघ, नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ।


 

तपाईंको बिचार