Wednesday, April 26, 2017  |    

सेञ्चुरी बैकको नाफा २३ करोड २४ लाख रुपैयाँ

प्रकाशित मिति: 2016/04/25


बैशाख १३ , काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमास अवधीमा २३ करोड २४ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो बर्षको सोही अवधीमा कमाएको भन्दा  ६ करोड ९४ लाखले बढि हो ।
 अघिल्लो आर्थिक बर्षको तेश्रो त्रैमाससिकसम्ममा बैंकले जम्मा १६ करोड ३० लाख मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकको प्रति सेयर आम्दानी १० रुपैैंयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११३ रुपैंयाँ ४६ पैसा रहेको छ ।निष्क्रिय कर्जा शुन्य दशमलब ९० प्रतिशत रहेको बैंकले राइटब्याकबाट एक करोड ८७ लाख प्राप्त गरेको देखिन्छ । बैंकले एक अर्ब ४५ करोड  ब्याज आम्दानी गरेको छ भने ८३ करोड ९८ लाख ब्याज खर्च गरेको छ । दुई अर्ब ८४ करोड चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकको जगेडा कोषमा ३८ करोड २४ लाख रुपैंयाँ रहेको छ ।

 

तपाईंको बिचार