Tuesday, November 21, 2017

शेयर दलालको कमाइ दिनहुँ ५० लाख

प्रकाशित मिति: 2016/04/28


बैशाख १६ , काठमाडौं । मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ । गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो । यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ । कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन् । 
गत साउनदेखि फागुनसम्म ७० अर्ब ११ करोड रुपैयाँ  बराबरको सेयर कारोबार भएको छ। उक्त अवधिमा १ सय ४९ सेयर कारोबार भएको थियो । दलालले खदरिद र विक्री दुवैमा समान शुल्क उठाउने भएकाले कारोबारको दोब्बर रकमबाट शुल्क लिन्छन् । अहिले सेयर खरिदविक्री गरिदिएवापत दलाल कम्पनीले ५० हजार रुपैयाँसम्ममा १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्ममा ०.९ प्रतिशत,  ५ लाखदेखि १० लाख रुपैयाँसम्म ०. ८ र १० लाख भन्दा भाथि ०ं७ प्रतिशत सेवा शुल्क लिन पाइने कानुनी व्यवस्था छ ।  

 

तपाईंको बिचार