Sunday, November 19, 2017

मुक्तिनाथ मन्दिरमा अस्पताल निर्माण गर्न माग

प्रकाशित मिति: 2016/04/29


बैशाख १७, काठमाडौं । मुस्ताङको जोमसोममा रहेको प्रशिद्ध मुक्तिनाथ मन्दिर क्षेत्रमा अस्पताल खोल्न  स्थानीयवासीले माग गरेका छन् । स्थानीयको माग अनुसार अस्पताल खोल्नेबारे छलफल भइरहेको मुक्तिनाथ आरधना परिषदका अध्यक्षसमेत रहेका डा. भोला रिजालले बताउनुभयो । 
    मुक्तिनाथमा नेपाल लगायत भारतबाट पनि तीर्थालुहरुको भीड लाग्ने भएकाले अस्पतालको माग बढेको रिजालको भनाइ छ । यसैवीच मुक्तिनाथमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको मुक्तिनाथ स्वास्थ्य सेवाश्रमको स्तरोन्नती गरिने भएकोे छ । मुक्तिनाथ आराधना परिषद्द्वारा सञ्चालनमा हुदै आएको मुक्तिनाथ स्वास्थ्य सेवाश्रमको स्तरोन्नती गर्न सरोकारवाला निकायसँग छलफल भइरहेको डा. रिजालले जानकारी दिनुभयो । पछिल्लो समय भक्तजनहरुको भीड मुक्तिनाथमा बढ्न थालेसंगै त्यहाँ रहेको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमले आवश्यक सेवा दिन सकिरहेको छैन । मुक्तिनाथ आराधना परिषदको अध्यक्ष समेत रहेका डाक्टर भोला रिजालले स्थानीय जनताको माग र चाहाना बमोजिम अस्पतालको माग बढेकाले त्यसको स्तर उन्नती आवश्यक रहेको औल्याउनु भयो । 

 

तपाईंको बिचार