Tuesday, May 23, 2017  |    

एभरेष्ट र मेटलाइफबीच बैंक ईन्सुरेन्स सम्झौता

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ , काठमाडौं । एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंक इन्सुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाइफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात अब एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउनेछन् ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८४ एटीएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

तपाईंको बिचार