Sunday, August 20, 2017  |    

एनएमबि बैंकको कर्पोरेट क्यामपेयन, अत्मनिर्भरताको सकारात्मक उर्जालाई प्रचारप्रसार गर्ने

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ ,काठमाडौं । एनएमबि बैंकले आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक भन्ने नारा सहित आफ्नो कर्पोरेट क्यामपेयनको शुरुवात गरेको छ । क्यामपेयनको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुर्याएको योगदानको कदर रहेको बैकले जनाएको छ।  
बैकले विनाशकारी महाभुकम्प र नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको साकारात्मक उर्जाको प्रचार प्रसार गर्ने जनाएको छ । बंैकले आत्मनिर्भर नेपाल तथा आर्थिक समृद्धि एवं देशको प्रगतिको मार्ग्चित्र अनुरुप कृषि, सौर्यऊर्जा, साना तथा मझौला उद्यमकर्जा, रिटेल तथा अन्य विपन्न क्षेत्रमा समेत बैंकिङ्ग सेवा पु¥याउँदै आएको छ । हाल बैंकको देशभरिमा कूल ६९ शाखा ४८ एटिएम र ७ एक्सटेन्सन काउन्टरावाट सेवा दिइरहेको छ ।

 

तपाईंको बिचार