Tuesday, November 21, 2017

न्युयोर्कमा नेपालमा उत्पादित सामानको मेला हुँदै

प्रकाशित मिति: 2016/05/01


बैशाख १९, काठमाडौं । संसारकै राजधानीको रुपमा  मानिने न्युयोर्कमा आँउदो सेप्टेम्बरमा नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ । बल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्टले न्युयोर्कको मुटु म्यानहटनको पियर ९२ मा मेला आयोजना गर्न लागेको हो । 
      मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री, जडिबुटी, थांका पेन्टिङ, पस्मिना, कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, नेपालको मूर्तिकला, गहनालगायतका सामग्री प्रदर्शनीमा राखिने आयोजले जनाएको छ । नेपाली  उत्पादनको अमेरिका हुँदै विश्वभर बजार विस्तार गर्न सघाउने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा नेपालसहित विश्वभरका ब्यवसायी र उत्पादकले सहभागिता जनाउने छन् । मेलामा ७० प्रतिशतभन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट र बाँकी अन्य मुलुकबाट विश्वभरीबाट सहभागी रहने छ । आयोजकको दावी अनुसार अहिलेसम्म विदेशमा भएका नेपाली मेलाभन्दा यो सबैभन्दा ठूलो हुनेछ ।
आफ्ना उत्पादनसहित मेलामा सहभागी हुन चाहने ब्यवसायीले कम्तीमा २ वर्ष उद्योग ब्यवसायमा लागेको, आर्थिक रुपमा सक्षम भएको, सरकारी कर तिरेको, आफ्नो उद्योगमा कम्तीमा ५ जनलाई रोजगारी दिएको, बालश्रमिक नराखेको, विदेशी मेलाहरुमा सहभागिता जनाइसकेको हुनुपर्ने छ । मेला तीन दिनसम्म चल्ने छ। आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल बनाउन २ लााख ४ हजार डलर तिरेका छन् । प्रचार प्रसारसमेत गरेर ६ लाख डलर (६ करोड रुपैयाभन्दा बढी) खर्च हुने अनुमान गरिएको छ।  मेलामा ३ सय ५० भन्दा बढी स्टल रहने छन् ।

 

तपाईंको बिचार