Tuesday, May 30, 2017  |    

सुनको भाउ ह्वात्तै घट्यो

प्रकाशित मिति: 2016/05/02

वैशाख २०,काठमाण्डौ । लगातार उकालो लागेको सुनको भाउ सोमबार घटेको छ । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले घटेर ५६ हजार सात सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो । यस्तै सोमबार चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको आठ सय रुपैयाँमा किनबेच भइरहेको छ  । यो महिना लागेसँगै सुनचाँदीको भाउ बढ्न थालेको छ ।  

तपाईंको बिचार