Thursday, September 21, 2017

एक नेपालीको वार्षिक आम्दानी ८० हजार रुपैयाँ, आर्थिक बृद्धिदर नकारात्मक हुनबाट जोगियो

प्रकाशित मिति: 2016/05/03


बैशाख २१ ,काठमाडौं । एक वर्षमा नेपालीहरुको आम्दानी औसतमा तीन हजार आठ सय रुपैयाँ मात्रै बढेको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो । आर्थिक वर्ष २०५८र५९ पछि सबैभन्दा कम आम्दानी यस वर्ष बढ्यो । विभागका अनुसार यस वर्ष जम्मा तीन हजार आठ सय अर्थात अघिल्लो वर्षको तुलनामा ४.९८ प्रतिसत मात्रै प्रतिव्यक्ति आय बढ्यो । अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात ७५ डलर थियो । डलरको भाउ बढेको कारण नेपाली मुद्रा सस्तो हुँदा आम्दानी बढेको देखिएको हो । प्रतिव्यक्ति आम्दानीको बृद्धिदर भन्दा मूल्य करिब दुई गुणाले बढेको छ । गत फागुन मसान्तसम्मको मूल्य बृद्धिदर दोहोरो अंक अर्थात १० प्रतिसत भन्दा बढी छ । आर्थिक वर्ष २०७१र७२मा ६.४४ प्रतिसतले, आर्थिक वर्ष २०७०र७१मा प्रतिव्यक्ति आय १५.३७ प्रतिसतले बढेको थियो ।
नकरात्मक हुनबाट मात्रै जोगियो बृद्धिदर
नकारात्मक पनि हुनसक्ने अनुमान गरिदै आएको मुलुकको आर्थिक बृद्धिदर ०.७७ प्रतिसतले बढ्ने अनुमान तथ्यांक विभागले गरेको छ । अर्थमन्त्रालयले आर्थिक बृद्धिदरको लक्ष्य संसोधन गरेर दुई प्रतिसतसम्म हुने भनेपनि बृद्धिदर एक प्रतिसत भन्दा तलै खुम्चियो । यो आर्थिक वृद्धिदर १३ वर्षपछिको सबैभन्दा कम हो ।

 

तपाईंको बिचार