Saturday, December 16, 2017

करनतिर्नेको सुचीमा पूर्वराजाको ज्ञानेन्द्रको कम्पनी

प्रकाशित मिति: 2016/05/06

वैशाख २४,काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष लगानी रहेको दमकको हिमालय टि गार्डेन एन्ड फार्मिङले सम्पत्ति करबापतको रकम तिर्न बाँकी रहेको खुलेको छ । फार्मिङले करिब एक करोड ५० लाख रुपैयाँबराबरको कर तिर्न बाँकी रहेको बताइएको छ । दमक नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेयता दस वर्षको अवधिमा गुडरिकले एक करोड ६७ लाख ३२ हजार दुई सय ४३ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ ।

०६२–०६३ देखि गएको आर्थिक वर्ष ०७१–०७२ सम्म दमक–१५ स्थित गुडरिकले त्यति सम्पत्ति कर बुझाउन बाँकी देखिएको नगरपालिकाको राजस्व शाखाप्रमुख टीकाराज दाहालले जानकारी दिए । उनी भन्छन् ‘हाम्रो पत्रबारे बगान सञ्चालक बेखबरजस्तै बनेका छन् । पटक–पटक पत्र पठायौँ तर कुनै जवाफ आएको छैन,’ दमक नगरपालिका–९ र १५ मा अवस्थित बगान करिब पाँचसय ७६ बिगाहा क्षेत्रफलमा रहेको बगानको पूर्ण स्वामित्व पूर्वराजा ज्ञानेन्द्रकै छ ।
 

तपाईंको बिचार