Sunday, April 23, 2017  |    

विदेशी मुद्राको सटही दर के छ ?

प्रकाशित मिति: 2016/05/17

जेठ ४, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा रहेको छ।   

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २६ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ र विक्रिदर २९ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ । 
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ५ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

तपाईंको बिचार