Monday, June 26, 2017  |    

कोरला नाका आजबाट खुल्यो

प्रकाशित मिति: 2016/06/15

असार १, मुस्ताङ ।  चीनसँगको कोरला नाका आजदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमा क्षेत्रमा भिड बढेको छ । नाका खुलेपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु मुस्ताङ आएका छन् । 

ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको  छ ।  सिमानामा आयात निर्यात हुने सम्पुर्ण जांचपासको तयारी पुरा भएको छ ।  भन्सार जांच गरेर मात्र सामान ल्याउन पाइनेछ । 
हिउँ नपर्ने भएकोले अनुकुल मौसम पारेर सिमाना खुलाइएको हो । नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीन तर्फको स्थानमा जानुपर्नेछ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठुलो बजार छ । 

 

तपाईंको बिचार