Monday, May 28, 2018

१० रुपैयाँमा कपडा ?

प्रकाशित मिति: 2016/06/25

असार ११, काठमाडौं ।  सुन्दा अचम्म लाग्ला, राजधानीमा १० रुपैयाँमा कपडा किन्न पाइन्छ । सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा  १० रुपैयाँमा सर्ट पाइन्छ । 
 केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणामा पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।

सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी १० देखि एक हजार रूपैयाँसम्म बेच्ने गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताए।
पसलमा  कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ ।

उक्त पसलमा १० देखि ८० रूपैयाँ सम्मका सर्ट तथा  ४० देखि १०० रूपैयाँ सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् ।  

तपाईंको बिचार