Wednesday, August 23, 2017

नेपालमा आठ अर्ब लगानी गर्दै विदेशी उद्योग

प्रकाशित मिति: 2016/06/25

असार ११, काठमाडौँ । १४ ओटा विदेशी उद्योगले नेपालमा करिब ८ अर्ब लागानी गर्नेभएका छन् । 
 ब्रिटिस भर्जिन आइल्यान्डका  उद्योगले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको उद्योग विभागले जनाकारी दिएको छ ।   

आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रु दुई करोड ८८ लाख ६८ हजार, होटल एन्ड लिजरको रु ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कोपरेसनको रु दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रु चार करोड ५० लाख लगानी रहेको छ।

त्यस्तै अर्गा्निक इगटेबल्सको रु ५० लाख, होटल विथ रेस्टुराँको रु २४ लाख, वित्तीय लगानी योजना विकासको रु एक अर्ब ७५ करोड ५० लाख, जिटी एन्ड टि होटलको रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टको रु आठ करोड लगानी रहेको विभागले जनाएको छ।
विभागका अनुसार आइल्यान्डका उद्योगमध्ये प्याकेजिङ मिनरल्स मेनुफेक्चरिङको रु २४ करोड, अर्गा्निक भेजिटेबल्सको रु ५० लाख, टाइगर टु प्रालिको रु ९० करोड, अस्पताल सञ्चालन गर्न रु दुई अर्ब ८४ लाख ४३ हजार र सनसाइन भ्याली अर्गा्निक फर्मको रु २५ करोड लगानी रहेको छ।
आइल्यान्डको लगानी रहेको नेपाल बोर्डस लिमिटेडले मुलुकमा पहिलोपटक २०५० साल वैशाख २ गते लगानी गर्न स्वीकृति पाएको हो भने पछिल्लो पटक २०७२ साल वैशाख ३१ गते सनसाइन भ्याली अर्गा्निक फर्मले लगानी गर्न स्वीकृति पाएको विभागको विदेसी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले जानकारी दिए।  
नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् भने सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको बताइएको छ। 
 

तपाईंको बिचार