Sunday, April 23, 2017  |    

राष्ट्र बैंकले ऋणपत्र जारी गर्दै, १० अर्ब सम्मका लागि आवेदन गर्न सकिने

प्रकाशित मिति: 2016/06/25

असार ११, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’   आइतवार जारी गर्नेभएको छ । बैंकले एकबर्षे अवधिको उक्त ऋणपत्र असार १२ गतेबाट बोलकबोल मार्फत बिक्री गर्ने  जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्र जारी गरेर बजारबाट रकम उठाउन लागेको हो ।


असार १२ गते निष्कासन हुने उक्त ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट् बैंकले जनाएको छ । ऋणपत्रका लागि घटीमा १ करोड र बढीमा १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँ सम्मका लागि आवेदन दिन राष्ट्र सकिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिने र बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि धितोका रूपमा प्रयोग गर्न पाइने र लगानी भएको रकम बैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्न पाइने सुविधा प्रदान गरिएको छ ।
०७२ वैशाखमा गएको भूकम्प, त्यसपछिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण कर्जा उलेख्य बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ ।    

तपाईंको बिचार