Sunday, April 23, 2017  |    

विदेशबाट ५० ग्राम भन्दा बढि सुन ल्याउन प्रतिबन्ध

प्रकाशित मिति:
 फाइल फोटो
फाइल फोटो

 असार ११, काठमाडौं ।  विदेशबाट फर्किनेले ५० ग्राम भन्दा बढि सुन ल्याउन नपाउने भएका छन्  । सरकारले लागु गरेको नयाँ भन्सार व्यवस्था अनुसार विदेशबाट ५० ग्राम मात्र सुन ल्याउन पाइने भएको छ ।   भन्सार विभागले आगामी साउन एक गतेवाट लागुहुने गरि यस्तो व्यवस्था गरको हो ।
नयाँ व्यवस्था अनुसार अव विदेशवाट आउने जो सुकैले पनि ५० ग्रामसम्म त्यो पनि तयारी गहना मात्र साथमा ल्याउन पाउने छन् ।
यो परिमाणमा तयारी गहना ल्याए कुनै भन्सार शुल्क लाग्दैन । तर, त्यही परिमाणमा काँचो सुन ल्याउन पाइनै छैन ।  
विगतमा विदेशवाट फर्कने नेपालीले ५० ग्राम सम्म विना भन्सार र भन्सार तिरेर ४ सय ग्रामसम्म सुन साथमा लिएर आउन पाउने व्यवस्था थियो । यस्तै, ५ सय ग्रामसम्मका चाँदीका गहना विना भन्सार ल्याउन पाउने र भन्सार तिरेर एक केजीसम्म काँचो चाँदी ल्याउन पाइन्थ्यो ।
 
  वैदेशिक रोजगारीवाट फर्किएकाको झिटीगुन्टा चेकचाँच नहुने तथा सुन चाँदीका गहना ल्याउँदा भन्सार शुल्क नलाग्ने व्यवस्थाको फाइदा उठाउँदै तस्करले अवैद्य चोरी तस्करी गर्नेक्रम बढेपछि सरकार सतर्क बनेको हो ।  
यस्तै, भन्सार विभागले विदेशवाट आउनेलाई विगतमा दिदै आएको मदिरा ल्याउने सुविधामा पनि संसोधन गरेको छ । विगतमा जुनसुकै व्राण्डको भएपनि १.२५ लिटरसम्म भन्सार छुटमा ल्याउन पाउने व्यवस्था थियो भने अव एक लिटरभन्दा वढी नपाउने व्यवस्था गरेको छ ।

 

तपाईंको बिचार