Monday, June 26, 2017  |    

भारतमा नेपालका लागि नयाँ बन्दरगाह खुल्यो

प्रकाशित मिति: 2016/06/25

असार ११, काठमाडौं ।  भारतको विशाखापटनम बन्दरगाह नेपालका लागि औपचारिक रुपमा खुल्ला गरिएको छ ।  नेपालका लागि शुक्रबार पहिलो कार्गो छुट्दा विशाखापटनम बन्दरगाहमा रहेका दुबै देशका सरकारी अधिकारीहरुले हरियो झण्डा फहराएका थिए । 
विशाखापटनम नेपालका लागि दोस्रो बन्दरगाह हो । यसअघि नेपालले कोलाकाता–हल्दिया बन्दरगाह प्रयोग गर्दै आइरहेको छ ।दुरीको हिसाबले कोलकाता भन्दा दक्षिण भारतमा पर्ने बिशाखापटनम नेपालबाट टाढा पर्छ । तर, सुविधाको हिसाबले कोलाकाता भन्दा यो बन्दरगाह फाइदाजनक भएको भारतीय अधिकारीहरुले बताएका छन् ।


नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीको उपस्थितिमा शुक्रबार पहिलो कन्टेनर नेपालका लागि छुटेको हो । यसक्रममा विशाखापटनम बन्दगाह ट्रष्टका अध्यक्ष एम.टी. कृष्ण बाबु नेतृत्वको टोलीले पनि नेपाली टोलीसँगै उभिएर झण्डा हल्लाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने समझदारी भएको थियो । सोही समझदारी अनुसार शुक्रबारदेखि यो बन्दरगाहबाट नेपाली कन्टेनर चल्न थालेको हो ।

नेपालका लागि बन्दरगाह सुचारु गर्नेक्रममा मुख्यसचिव सुवेदीको नेतृत्वमा ७ सदस्यीय नेपली प्रमण्डल विशाखापटनम पुगेको थियो । नेपाली टोलीलाई भारतीय अधिकारीहरुले विशाखापटमन बन्दरगाहको प्रयोगबाट नेपालले पाउने फाइदाका विषयमा बताएका थिए ।
 
 

तपाईंको बिचार