Wednesday, April 26, 2017  |    

सरकारले सवारी कर बढायो

प्रकाशित मिति: 2016/06/27

असार१३, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागुहुने गरि सवारी साधनको बार्षिक करमा बृद्धि गर्ने भएको छ ।   सरसकारले  मोटरसाइकल र स्कुटरमा  एकैपटक ५ हजार रुपैयाँसम्म कर बृद्धि गरेको छ । 
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४००सीसी सम्मका मोटरसाइकलमा वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेभएको हो । यस अघि ६ हजार रुपैँया थियो । 

४ सय १ सीसीभन्दा माथिका सवारी साधनले ५ हजार रुपैयाँ भन्दा बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई कर रकम बढाइएको छैन् ।

 निजी कार तथा जीपको बार्षिक कर पनि बढेको छ ।  १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ । यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रुपैयाँ बनाइएको छ । यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले पनि एकहजार बढी कर तिर्नुपर्नेछ ।  १५०१ देखि २०० सीसीसम्मका काररजीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रुपैयाँ तिर्नेछन् ।

२००१ देखि २५ सयसम्मका कारका लागि ३२ हजार रुपैयाँ लिइनेछ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नेछन् । यसअघि यो ३५ हजार रुपैयाँ थियो ।२९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यस्ता सवारीसँग ५० हजार रुपैयाँ कर लिइन्थ्यो ।
सरकारले सार्वजनिक सवारीहरुको पनि करको दर बढाएको छ । 

  
   

तपाईंको बिचार