Tuesday, August 22, 2017

होटलमा लगानी बढ्दो

प्रकाशित मिति: 2016/06/28

असार १४, कपिलवस्तु ।  भैरहवामा  अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसंगै रुपन्देहीमा होटलमा लगानी ह्वात्तै बढेको छ। रुपन्देहीमा दुई वर्षयता होटलमा ७ अर्ब  लगानी भएको छ। सन् २०१७ को अन्त्यसम्म गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।   

व्यवसायीले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा एक–दुई करोडदेखि १०–१५ करोड रुपैयाँ लगानीका मध्यम खालका दुई दर्जन होटल खोलिसकेका छन्। करोडौं लगानीका चारवटा पाँचतारे होटल सहित ठूला दर्जन होटल निर्माण भइरहेको पाइएको छ।
लुम्बिनीमा दुई वर्षयता आधा दर्जन मध्यम खालका सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन्। ती होटलमा ५० करोड रुपैयाँ लगानी भएको सिद्धार्थ होटल एसोसिएसन सानका उपाध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए।

भैरहवामा पनि दुई वर्षयता मध्यम खालका एक दर्जन होटलमा कम्तीमा ५० करोड रुपैयाँ लगानी भएको छ।
 
 

तपाईंको बिचार