Sunday, April 23, 2017  |    

भारतबाट थप १२० मेगावाट विद्युत आयात गरिने

प्रकाशित मिति: 2016/06/28

असार१४,काठमाडौं । लोडसेडिङ अन्त गर्न  भारतबाट  १२० मेगावाट बिजुली आयात गरिने भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशिय प्रसारणलाइनबाट भारत विद्युत दिन तयार भएको हो ।  हाल ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय लाइन मार्फत ८० मेगावाट आयात भइरहेको छ ।

बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता(पीटीए) कार्यान्वयनका लागि आवश्यक संयन्त्रहरु बनाउने तथा अन्तरदेशीय प्रसारण लाइनलाई थप विस्तार गर्ने लगायतका विषयहरु छलफल गर्न दिल्लीमा आइतवार सुरु भएको वैठकमा भारतीय पक्षले हालको ८० मेगावट सहित २०० मेगावट दिन तयार रहेको बताएको छ ।  
मुजफपुर–ढल्केभर अन्तरदेशीय प्रसारण लाइनबाट ६०० मेगावटसम्म बिजुली आयात गर्न सकिन्छ ।
अहिले नेपालले मागे अनुसार दिन तयार भएपनि केही वर्षपछि नेपालमा ठूला जलविद्युत आयोजनाहरुबाट नेपालालाई चाहिने भन्दा बढी विजुली उत्पादन हुने भएकाले भारतलाई बेच्ने तर्फ नेपालले पूर्वाधार वनाउनेतर्फ के प्रगति गरिरहेको छ भन्ने चासो पनि वैठकमा भारतीय पक्षको थियो । भारतले सन् २०२५ र २०३५ सम्म मा भारतलाई बिजुली बेच्नेबारे पनि जिज्ञासा राखेको थियो ।

  

तपाईंको बिचार