Wednesday, March 29, 2017  |    

बजेट विनियोजन विधेयक आज पारित हुने

प्रकाशित मिति: 2016/07/09

असार २५, काठमाडौं ।  सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी बिनियोजन विधेयक व्यवस्थापिका संसदले आज पारित गर्दैछ । सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि आजै उक्त विधेयक पारित गरिने छ । 

शनिबारको संसद बैठकमा आफ्ना मन्त्रालयका खर्च शीर्षकमा उठेका प्रश्नहरुको शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह, अर्थमन्त्री विष्णु पौडेलले  जवाफ दिएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदार र प्रधानमन्त्री केपीशर्मा ओलीले आफूले सम्हालेका मन्त्रालयसँग सम्बन्धित उठेका सवालको जवाफ आजै दिदैंछन् । 

प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालय, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोग सम्बन्धित प्रश्नको जवाफ दिनेछन् । 

बिनियोजन विधेयक परित भएपछि आगामी आर्थिक वर्षका लागि जेठ १५ मा पेस भएको समग्र बजेट असार २९ मा पारित गरिने सम्भावना छ । 
 

तपाईंको बिचार