Sunday, March 26, 2017  |    

इन्धन आपूर्तिर्को विषयमा छलफल गर्न नेपाली टोली चीन जाँदै

प्रकाशित मिति: 2016/07/10
 फाइल फोटो
फाइल फोटो

असार२६, काठमाडौं । चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा छलफल गर्न आज नेपाली टोली चीन जाँदैछ । 

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वको पाँच सदस्यीय टोली चीन जान लागेको लागेको हो । आपूर्ति मन्त्रालयका उपसचिव अर्जुन पन्त, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, निगमका पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहितको टोली चीन जान लागेको हो । 

पाँच दिने भ्रमणको क्रममा टोलीले इन्धनको वैकल्पिक उपायका बारेमा चीनका विभिन्न स्थानमा अध्ययन र चीनीयाँ अधिकारीहरु संग छलफल गर्ने बताइएको छ । 
इन्धन आपूर्तिमा भारतीमा निर्भर रहदैं आएको नेपालले नाकाबन्दीका समयमा सरकारी प्रयास अन्तर्गत ३३ प्रतिशत पेट्रोलियम चीनबाट आपूर्ति गर्न आवश्यक छलफल तथा अध्ययनका लागि नेपाली टोली बेइजिङ जान लागेका हो ।

ग्याससहित अन्य पेट्रोलियम पदार्थको विषयमा निजी र सरकारी अधिकारीसँग छलफल गरिनेछ ।

कोइला प्रयोग गरी प्रशोधन केन्द्रमार्फत पेट्रोल उत्पादन गर्न सफल भएको चीनको नव प्रविधि प्लान्टको विषयमा भ्रमण केन्द्रित रहेने छ ।

चिनियाँ अधिकारीले प्लान्ट भ्रमण अवलोकन गर्न नेपाली टोलीलाई आमनत्रण गरेका थिए । चिनियाँ पक्षले प्रविधि उपयुक्त लागको अवस्थामा नेपालमा पनि त्यस्तै प्लान्ट निर्माण गरिदिने आश्वासन दिएको छ ।

भारतको नाकाबन्दीपछि गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा नेपालमा पेट्रोलियम आपूर्ति गर्ने र नेपालमा तीन स्थानमा भण्डारण केन्द्र खोल्ने समझौता भएको थियो ।

तपाईंको बिचार