Sunday, March 26, 2017  |    

२० रूपैयाँको नोटमा ब्याकरणीय त्रुटी,नोट परिवर्तन भयो

प्रकाशित मिति: 2016/07/14

असार३०, काठमाडौं । २० रुपैयाँको नोटमा परिर्वतन भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैँयाको नोटको डिजाइन परिवर्तन गरि बजारमा ल्याउन लागेको हो ।
चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको बताईएको छ ।

अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्नेछ र, बाह्रसिङ्गेको तस्वीर राखिनेछ ।  २० रुपैयाँको नोटमा साम्भर जनावरको चित्र वि.स. २०६९ सालदेखि राख्न थालिएको थियो ।  अब मृग प्रजातिको बाह्र्र्सिङ्गे नेपालको शुक्लाफाँटमा पाइन्छ र यो लोपन्मुख भएकाले नोटमा राख्नु राष्ट्रिय गौरवको विषय मानिएको छ । यस्तै चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा ब्याकरणीय त्रुर्टी फेला परेको छ ।

२० को नोटमा भेटिएको दुइवटा व्याकरणीय गल्तीलाई नयाँ नोटमा भने सच्याउने प्रस्ताव गरेको छ । ‘रुपैयाँ बीस तुरुन्त पाइनेछ’ लाई सच्याएर अब ‘रुपैयाँ बिस तुरुन्त पाइने छ’ बनाउने छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बीसको सट्टा बिस र ‘पाइनेछ’ को सट्टा पाइने छ लाई मान्यता दिएकाले यो सच्याउन लागिएको हो । यस्तै नोटमा फैलिएको बोडरभागमा पनि हल्का केही परिवर्तन गरिँदैछ । नोट छपाईको सम्झौता हुने समयमा बैंकका बहालवाला गभर्नरको दरखास्त राख्ने भएको छ ।
 

 

तपाईंको बिचार