Sunday, April 30, 2017  |    

राष्ट्र बैकले आज १० अब रुपैयाँको रिपो जारी गर्दै

प्रकाशित मिति: 2016/07/20

साउन ५, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) खिच्ने उद्देश्यले रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।  
७ दिनको लागि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो  ।   जस अनुसार साउन १२ गते रिपो म्याचुअड हुने राष्ट्र बैंकले जनाएको छ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेे राष्ट्र बैंकले जनाएको छ ।

रिपोमा सहभागी हुन बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धाण गरिने छ ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । आज जारी गर्ने रिपो नयाँ आर्थिक वर्ष २०७३र०७४ को पहिलो हो ।


 आर्थिक वर्षको अन्त्यमा सरकारी विकासखर्च अत्याधिक बढेकाले बजारमा तरलता बढेको छ । असार अन्तिम सातामात्रै साढे ४७ अर्ब रुपैयाँ सरकारी विकास खर्च भएको छ ।

 

तपाईंको बिचार