Wednesday, April 26, 2017  |    

आन्तरिक र बाह्य गरि नेपालले ६ खर्ब ऋण तिर्नुपर्ने

प्रकाशित मिति: 2016/07/21

साउन ५, काठमाडौं ।  नेपालले विकासका गतिविधि सञ्चालन र पूर्वाधार विकास गर्न लिने आन्तरिक तथा बाह्य ऋण बढ्दै गएको देखिन्छ ।   
 आर्थिक वर्ष ०७२र०७३ मा ९.९ प्रतिशत बढेर सरकारको कुल ऋण   ५ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा देशको ऋण भार ५३ अर्ब ७६ करोड रुपैयाँ बढेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।  
 
महालेखाका अनुसार कुल ऋणमध्ये ६४ प्रतिशत बाह्य र ३६ प्रतिशत आन्तरिक छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो भएपछि वैदेशिक ऋण बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा नेपाली मुद्रा डलरसँग ५ रुपैयाँ ९९ पैसा कमजोर भएको छ ।   
 
 

 

तपाईंको बिचार