Saturday, July 29, 2017  |    

नेपालमै नोट छापिने

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाडौं । सरकारले स्वदेशमै बैंक नोट, राहदानी, चेकबुक र वायोभेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने निर्णय गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको  राष्टिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनलार्ई कार्यन्वयनका लागि मन्त्रिपरिषदमा पेश गरेको छ ।   
 
हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बो रुपैयाँ विदेशिने भन्दै बोर्डले नेपालमा सुरक्षण छापाखाना स्थापना गर्न लागेको हो । नेपालमा छपाइ गर्न सकिने संभावना र छपाइ सम्बन्धित सबै काम एकिकृत रुपमा समधान गर्न प्रयास थालिएको वोर्डको भ् । सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि बैंक नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुनपरेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउदै विदेशमा छपाइ हुदै आएको छ । बोर्डले सुरक्षण छपाइमा ठुलो लगानी ल्याउने तयारी गरेको हो । सरकारी छपाइको काम मुद्रण विभागबाट हुदै आएको छ । 
राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । नोटलगायत अन्य सेक्युरिटी प्रिन्टिगका लागि मात्र वर्षेनी अर्बो रुपैयाँ बाहिरिने गरेको छ । महत्वपुर्ण कागजात विदेशमा छापिने गरेको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीजमा छापेको छ । 
 

 

तपाईंको बिचार