Sunday, April 23, 2017  |    

नेपालमा बार्षिक २ अर्बको मदिराजन्य पदार्थ आयात

प्रकाशित मिति: 2016/07/25

साउन १०, काठमाडौं । आर्थिक बर्ष २०७२–७३मा पौंने दुई अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैया बराबरको विदेशी मदिरा नेपाल भित्रिएको हो ।

स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भएपनि विदेशी मदिराको माग नेपालमा बढ्दे छ । विभागका अनुसार मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख रुपैयाँ बराबरको मुलुकमा भित्रिएको छ ।  कच्चा पदार्थ र मदिरा गरेर विदेशबाट २ अर्ब २० करोड रुपैयाँ बराबर मुलुक भित्रिएको विभागले जनाएको छ । स्वदेशमा रहेका मदिरा उद्योगले मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट  आयात गर्ने गरेका छन् । 
विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट वियर, गुलियो रक्सी,जिनरभोड्का र रम विदेशबाट आयात हुन्छ ।  

सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुने गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा आउने मदिरा भारत, बेलायत, फ्रान्स, अष्ट्रेलिया, स्पेन, इटाली,सिंगापुर, नेदरल्याण्ड, चीन, मेक्सिको, क्युवा, आयरल्याण्ड, अमेरिका, बेल्जियम र स्विडेनबाट आयात हुन्छ ।   
 
 

तपाईंको बिचार