Tuesday, August 22, 2017

किन बन्द भयो उदयपुर सिमेन्ट उद्योग

प्रकाशित मिति: 2016/08/08

उदयपुर । सरकारी स्वामित्वमा रहेको देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग कच्चा पद्धार्थ उत्पादन गर्ने मेसिनको गियर बिग्रिएपछि १५ दिनदेखि बन्द भएको छ । उत्पादन बन्द हुदाँ उद्योगलाई यस अवधिमा १२ करोड नोक्सान भएको हो । मेसिनको गियर मर्मत गर्न दिल्ली पठाएको र मर्मत भई मेसिन आईनपुगेको कारण सिमेन्ट उत्पादन बन्द भएको उद्योगले जनाएको छ ।

जापान सरकारले स्थापना गरिदिएको सिमेन्ट उद्योगको उपकरण विग्रिएमा भारतमा मर्मत गर्दै आएको छ । मेसिनको उपकरण समान्य विग्रदा पनि मर्मत गर्न देश बाहिर पठाउनु पर्ने हुदाँ  उद्योग संचालन गर्न समस्या भएको उद्योगका सूचना अधिकारीले जानकारी दिए ।

विग्रीएको उपकरण मर्मत भई सकेकोले दिल्लीबाट ल्याई यसै हप्ता भित्र उद्योग संचालन गरिने बताइएको छ । दैनिक ८०० टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योगले दैनिक ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ ।

 

तपाईंको बिचार