Tuesday, May 23, 2017  |    

१२ उद्योगको खाने तेल अयोग्य, गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर

प्रकाशित मिति: 2016/08/17

काठमाडौं,भदौ,१ । मुलुकमा रहेका प्रतिष्क्षित कम्पनीबाट उत्पादन गरिएका गुणस्तरहीन खाने तेलमा मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ ।
 विभिन्न  स्थानमा रहेका  १२ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि पुर्‌याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७२र०७३ मा कुल दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी छन् ।
यसरी विभिन्न मिसावट गरेर उत्पादन गरिएका यस्ता खानेतेलको उपभोग गर्दा मानवस्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्ने जानकारी दिए ।
यस बाहेक तेलमा पाइने प्रतिकूल तत्वले अन्य विभिन्न प्रकारका घातक रोग लाग्न सहयोगी भूमिकासमेत खेल्ने गर्छु, महानिर्देशक कर्णले बताएका छन् । उनले भने, ूनिकै पुरानो तेलमा यस्ता समस्या देखिनेगर्छ ।ु

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार गुणस्तरहीन खाने तेल उत्पादन गर्ने बारास्थित नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिजविरुद्ध सबैभन्दा बढी मुद्दा दायर गरिएको छ । यो उद्योगविरुद्ध क्षेत्रीय कार्यालय हेटौंडाले २०७२ चैत २६ गते १६ वटा मुद्दा दायर गरेको थियो ।

यसैगरी सोही दिन वनस्पति घिउविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको हो ।

प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर र सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन् ।

मापदण्डअनुसार तेलमा उपस्थित हुनु पर्ने तत्व पनि निकै कम र मापदण्ड विपरीत अत्यधिक परिमाणमा भेटिएका छन् । वस्तीका अनुसार रिफाइन गरिएका तेलमा ०.५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ ।

यसैगरी पेरोअक्साइडको भ्यालु पनि १० मा हुनुपर्छ ।  तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा निकै कम र कुनैमा अत्यधिक परिमाणमा भेटिएकोले त्यस्ता  खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेको वस्तीको भनाइ छ ।

 

तपाईंको बिचार